बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अझै ३ दिन लगातार वर्षा हुने, यस्तो छ बाढीपहिरोको जोखिम

अझै ३ दिन लगातार वर्षा हुने, यस्तो छ बाढीपहिरोको जोखिम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- मनसुन सक्रिय भएसँगै देशका अधिकांश ठाउँमा दुई दिनदेखि लगातार वर्षा भइराखेको छ । 

मनसुनको न्यूनचापिय रेखा नेपालतिरै रहेकाले अझै तीन दिनसम्म ठाउँ ठाउँमा लगातार वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाको क्रम जारी रहने भएको बाढी र पहिरोका जोखिम उच्च रहेको पनि जनाइएकाे छ । 
 
मौसमविद् विभूति पोखरेलका अनुसार मंगलबार रातिदेखि बुधबार बिहानसम्म देशका अधिकांश स्थानहरुमा सामान्यदेखि भारी वर्षा भएको छ । वर्षाका कारण विभिन्न ठाउँको जनजीवन अस्तव्यस्त बनेको छ ।
 
यस्तै नदी क्षेत्रहरुमा बढी सतर्क रहन पनि आग्रह गरिएको छ । अत्यावश्यक कामका लागि कामको प्रकृति हेरेर बाहिर निस्कनुपर्ने भन्दै सचेत रहन पनि आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले चितवन, नवलपरासी, कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दिया लगायत आसपास जिल्लाबाट बहने खोलामा बाढि आएकाले सतर्क रहन अपिल गरेको छ ।
 
ठूला नदीमा खतराको संकेत नदेखिए पनि साना खोलामा उच्च जोखिम देखिएको जनाएको छ । यस्तै लगातारको वर्षाले पहिरोको समेत जोखिम रहेकाले सतर्क रहन अपिल गरिएको  छ। 

यस्तो हुनेछ तीन दिनको मौसम 

असार २५ गते (बुधबार)

दिउँसो : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली बदली रहनेछ। देशका धेरै स्थानहरुमा  वर्षा हुनुको साथै केही  स्थानहरुमा भारी वर्षाको संभावना छ ।

राति देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको केही स्थानहरुमा भारी वर्षाको संभावना छ भने एकदुइ स्थानमा अति भारी  वर्षाको सम्भावना छ ।

असार २६  गते (बिहीबार )

दिउँसो : देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण  बदली रहनेछ। देशका धेरै स्थानहरुमा  वर्षा हुनुको साथै केही स्थानहरुमा भारी वर्षाको संभावना छ ।

राति : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको केही  स्थानहरुमा भारि वर्षाको सम्भावना छ भने एक दुइ स्थानहरुमा अति भारी  वर्षाको सम्भावना छ ।

 असार २७   गते (शुक्रबार )

दिउँसो : देशका अधिकांश भू-भागमा बदली  रहनेछ। देशका पश्चिमी भूभागका  केही  स्थानहरु र मध्य र पूर्वका धेरै स्थानमा  वर्षा हुनुको साथै  एक दुई  स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

राति : देशका अधिकांश भू-भागमा बदली  रहनेछ। देशका पश्चिमी भूभागका  केही  स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा  वर्षा हुनुको साथै  एक दुई  स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।