बुधबार, साउन २७, २०८३

पूर्वसैनिकलाई कारवाही गर्न सर्वोच्चको अनुमति  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सर्वोच्च अदालतले द्वन्द्वकालमा नेपाली सेनाबाट भागेका सैनिकहरूलाई कारवाही गर्ने निर्णयलाई मान्यता दिएको छ ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले मंगलबार द्वन्द्वकालमा भागेका पूर्वसैनिक झलकुमार भगत र सिंहबहादुर शाहीलाई कारवाही गर्न मान्यता दिएको फैसला गरेको हो । 

द्वन्द्वकालमा भागेका पूर्वसैनिकद्वय भगत र शाहीलाई समरिक जनरल सैनिक अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । सो फैसलाविरुद्ध भगत र शाहीले सैनिक विशेष अदालतमा पुनरावेदन दिएका थिए । सो अदालतले समरिक सैनिक अदालतकै फैसलालाई सदर गरेको थियो । 

उक्त फैसलाको चित्त नबुझेपछि पूर्वसैनिकद्वयले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो । सर्वोच्च अदालतको आजको फैसलाले कारवाही गर्न मान्यता दिएको हो । द्वन्द्वकालमा सेनाबाट भागेर माओवादीमा प्रवेश गरेका दुवै जनालाई द्वन्द्व समाप्त भएपछि सेनाले कारवाही गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।