काठमाडौं - नेपालकै सबैभन्दा ठूलो बैकल्पिक उर्जा आयोजनाको लागि ऋण लगानी जुटेको छ। रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गर्न लागेको सो आयोजनामा बैंक अफ काठमाडौंको अगुवाइमा सिटिजन्स बैंक इन्टरनेशनल र नेपाल बंगलादेश बैंकले ऋण लगानी गर्ने सोमबार सम्झौता भएको छ ।
बुटवल तिलोत्तमा वडा नं. ७ मा ६५ करोड ४६ लाख लगानीमा २६ विगाहा जग्गामा ३२ हजार सोलार प्यानल भएको परियोजनामा ऋण लगानी गर्न लागिएको हो।
८.५ मेगावाटको सौर्य फर्मबाट ३३ केभी प्रसारण लाइनमार्फत एक करोड ४५ लाख १० हजार ५८४ किलोवाट युनिट विद्युत उत्पादन हुने रिडि हाइड्रो पावर डेभलपमेन्टले जनाएको छ।
आयोजनाबाट उत्पादनहुने विद्युत व्याट्रीमा स्टोरेज नभई उत्पादनकै समयमा सिधै राष्ट्रिय ग्रीडमा प्रवाह हुने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४