बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • असारे विकासको पराकाष्टा : बझाङपछि अछाममा पनि चल्यो रोपेकै खेतमाथि डोजर

असारे विकासको पराकाष्टा : बझाङपछि अछाममा पनि चल्यो रोपेकै खेतमाथि डोजर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - अछामको कमलबजार नगरपालिका-५ कुईकाका राम प्रसाद  बजगाई मगलबार बिहान खेतमा पुग्दा छाँगाबाट खसे झैं भए। १० दिन अघि रोपेको खेतको वारपार हुने गरि डोजरले रातारात सडक खनेको दृश्य उनका लागि कहाली लाग्दो बन्यो। 

खेतको तलतिर वारपार हुने गरि डोजरले बाटो खनेर खेत पुरै पहिरो बन्न लागेको देख्दा उनले जीवनमा कहिल्यै नभोगेको पीडा महसुस गरे। 'सिंगो परिवारको एउटा मात्र खेतको तलतिरबाट डोजरले बाटो काटेपछि सारै पीडा भो', रामप्रसादले टेलिफोनमा भने, 'सिम नै सिम भएको खेतमा पहिरो जान थालिसक्यो।'

पहिरोले खेत नबगाओस् भनेर यसै वर्ष खेतको तलतिर २६ हजार खर्च गरेर ढुंगाको वाल चिनेको सुनाउँदै उनले परिवारको पेटमा लात हान्ने काम भएको बताए। सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले असार मसान्त सकिनै लाग्दा पठाएको १७ लाख बजेटबाट कुईकामा रामप्रसादको रोपेको खेतसहित थुप्रै स्थानीयका अन्नबाली मासेर सडक निर्माण गरिएको छ । 

आफुले खेत मासेर सडक निर्माण गर्न नदिने भनेपनि राति सुतेको समयमा खेतमा डोजर चलाएको रामप्रसादले जानकारी दिए । उनले क्षतिपूर्तिको माग गर्दै मंगलवार नै वडा कार्यालयमा निवेदन दिएका छन्। रामप्रसाद र नैनसिंह बिकको रोपेको खेतमा तथा स्थानीय आठ-दश किसानको पसाउन लागेको मकैबारी मासेर पनि डोजर चलाइएको छ। विकासका नाममा किसानले मिहेनत गरेर लगाएको खेतीबाली नै नष्ट गर्ने कामको स्थानीयले बिरोध गरेका छन्।

बर्खाको समय भएकाले नयाँ ट्रयाक खोल्नुको सट्टा गैरीटाड पोखराखाल हुँदै बिनायक जोड्ने नाम दिइएको उक्त सडक खण्डको यस अघि नै काटिएको भागको स्तरोन्नतीमा बजेट खर्च गर्नुपर्ने धेरै स्थानीयको सल्लाह रहे पनि उपभोक्ता समितिले मनोमानी ढंगले रोपेको खेतमा डोजर चलाएको तपेन्द्र बजगाईले बताए । 

वडा अध्यक्ष नन्दसिंह चलाउनेले पनि  समितिले आफ्नो सल्लाह विपरित रोपेको खेतमा डोजर चलाएको बताए । 'मैले त माथिबाट नै सडक सुधार गरेर जाउँ भनेर सल्लाह दिएको थिए उल्टै गालीगलौज गरे' चलाउनेले भने, 'समितिले हाम्रो परामर्श भन्दा पनि नमोमानी ढंगबाट काम गरेको छ यसको जवाफदेही वडा कार्यालय छैन।' सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष हरीप्रसाद तिमिल्सेनाले खेतमा सडक लिने जग्गावालाको सहमति भएको बताए।

यो पनि पढ्नुस्

असारे विकासको पराकाष्ठा : रोपेको खेतमै चल्यो डोजर   
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।