बुधबार, साउन २७, २०८३

काठमाडौं फन भ्यालीले छल्यो लाखौंको कर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सूर्यविनायक नगरपालिका–१० पलाँसेमा सञ्चालित काठमाडौँ फन भ्याली कम्पनीले लाखौँ रुपैयाको कर छली गरेको पाइएको छ। कम्पनीको नाममा बिल काट्नुपर्नेमा नक्कली बिल काटेर कर छली गरेको पाइएको हो । 

काठमाडौँ फन भ्यालीको नाममा दर्ता भई सञ्चालनमा रहेको उक्त कम्पनीले कर छली गर्न विद्यालयहरुलाई भने उक्त कम्पनीको बिल नदिई कर छली गर्दै ‘वाटर वर्ल्ड ट्रेडर्स प्रालि’ को नाममा लाखौँ रुपैयाँको बिल काटेर कर छली गरेको बताइएको छ । दोहोरो बिल बनाएर व्यापक रुपमा कर छली गरेको पाइएपछि आन्तरिक राजश्व कार्यालयले छापा मारेको छ । 

फन भ्यालीले सयौँ विद्यालयका हजारौँ विद्यार्थीलाई दर्ताबिनाको नक्कली बिल दिएर लाखौँ रुपैयाँ कर छली गरेको उजुरी परेपछि राजश्व कार्यालयले उक्त कम्पनीमा छापामारी कागजपत्र नियन्त्रणमा लिएको हो । आन्तरिक राजश्व कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले आज यसबारे जानकारी दिँदै कार्यालयमा उजुरी आएपछि काठमाडौँ फन भ्यालीका कागजपत्र नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको बताए। 

फन भ्यालीका प्रवक्ता लक्ष्मण गिरीले भने कर कार्यालयले कागजपत्र लिएको स्वीकार्दै कर छली नगरेको दाबी गरे। काठमाडौँ फन भ्यालीले प्रदूषित पानी राखेको र स्थानीय सार्वजनिक जग्गासमेत मिचेर दुरुपयोग गरेपछि यसअघि सूर्यविनायक नपा–१० ले समेत कारवाहीका लागि पत्राचार गरेको थियो।
 
वडा अध्यक्ष शिवराम राउतलाई १४५ जना स्थानीयले हस्ताक्षर गर्दै फन भ्यालीले स्थानीय कुसिङ्ग खोलामा ठूलाठूला खाल्डो खनेर पानी तान्ने गरेको, खोलाको पानी पौडी पोखरीमा राखेर विभिन्न प्रकारका रसायन प्रयोग गर्दै मानवीय स्वास्थ्यसँग खेलबाड गरेको र रसायनयुक्त पानी पुनः सोही खोलमा फ्याक्ने गरेकाले पानीको स्रोतसमेत दूषित पारेको भन्दै कारबाहीको माग गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।