बुधबार, साउन २७, २०८३

प्रहरी पुगेपछि मलामीको भागाभाग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – धनुषामा एक युवतीको शव जलाइरहेको स्थानमा प्रहरी पुगेपछि मलामीहरुको भागाभाग भएको छ। धनुषाको सवैला नगरपालिका–१ की १४ वर्षीया पिंकीकुमारी यादवको शव जलाइरहेको अवस्थामा अचानक प्रहरी पुगेपछि मलामीहरुको भागाभाग भएको हो।

आफ्नै घरमा भुन्डिएको अवस्थामा फेला परेको पिंकीको शव अबेर राती जलाइरहेको बेला प्रहरी पुगेको थियो। झुन्डिएको अवस्थामा शव फेला परेपनि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिएनन्। पछि प्रहरीले सूचना पाएपछि शव जलाउन रोकेको थियो। घटना शंकास्पद रहेको भन्दै प्रहरीले आधा जलिसकेको शव निकालेर अनुसन्धान सुरु गरेको छ।

धनुषाका एसपी शेखर खनालले मृतक पिंकीका बुबा शत्रुध्न यादव, उनकी आमासहित सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको जानकारी दिएका छन्। 

खनालले शव जलाइरहेको स्थानमा राती १२ बजे प्रहरी पुगेपछि पिंकीका बुबासहित अन्य मलामीहरु तत्काल भागेपनि प्रहरी पक्राउ गर्न सफल भएको बताए। ‘आधा जलेको शव पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा पठाएका छौं,’ खनालले भने, ‘अनुसन्धान हुँदै छ, थप कुरा चाँडै बाहिर आउँछ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।