बुधबार, साउन २७, २०८३

'आर्थिक वृद्धि हुने क्षेत्रमा मात्रै लगानी बढाऔं'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ। 

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य प्राप्त हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएका हुन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तिय संस्थाहरुले रोजगारीको अवसर सृजना गर्ने तथा गरिबी निवारण हुने क्षेत्रमा पनि लगानी बढाउनुपर्ने स्पष्ट पारे।

गभर्नर नेपालले निक्षेपकर्ताहरुको हितलाई नहेरी नेपाल राष्ट्र बैंकले ब्याजदर तोक्न नसक्ने पनि स्पष्ट पारे। उनले व्यापारीहरुले निक्षेपकर्ताहरुलाई मर्कामा पर्ने गरी ब्याजदर कायम राख्न दबाब दिन नमिल्ने तर्क गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।