काठमाडौं - राष्ट्रियसभाको मंगलबारको बैठकले विनियोजन विधेयक, २०७६ सँग आश्रित तीनवटा विधेयक बहुमतले पारित गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेका ‘आर्थिक विधेयक, २०७६’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७६’ र ‘ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक, २०७६’ लाई पारित गरेको हो।
यी तीन विधेयक पारित भएसँगै राष्ट्रियसभाले आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। राष्ट्रियसभाले सोमबार विनियोजन विधेयक, २०७६ पारित गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४