बुधबार, साउन २७, २०८३

प्रहरी निरीक्षकमाथि भ्रष्टाचार मुद्दा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौ– जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक लालबाबु प्रसाद साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

लागू औषध मुद्दामा पक्राउ परेका  अभियुक्तसंग मुद्दा मिलाइदिने भन्दै शाहले ७० हजार रुपैयाँ घुस लिएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा शाहले  घुस लिएको रकम छोराको बैंक खातामा जम्मा गर्न लगाएका थिए ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत रहँदा शाहमाथि भ्रष्टाचार गरेको विषयमा छानबिन भएका थियो। अख्तियारले शाहको मुद्दा विशेष अदालतमा दर्ता गराएसंगै उनी निलम्बनमा परेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।