काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गोली चलाएर लोकतन्त्रको रक्षा हुने हो? भने प्रश्न गरेको छ।
सर्लाही घटनाको विषयमा गृहमन्त्री रामबहादु थापा बादलले संघीय संसदमा दिएको जवाफको प्रति असन्तुष्टि जनाउँदै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारप्रति प्रश्न राखेका हुन्।
संसदमा गृहमन्त्रीको जबाफबाट चित्त नबुझेको भन्दै कांग्रेस र राजपाले संसद अवरुद्ध गरे । त्यसपछि प्रवक्ता शर्माले ट्वीट् गर्दै लेखेका छन्,‘लोकतन्त्रको रक्षा गोली चलाएर नै हुने हो प्रधानमन्त्रीज्यू?'
शर्माले लगत्तै एक अर्को ट्वीट गर्दै कुनैपनी देशमा गोलि ,बन्दुक र बारुदले नभइ संवाद,जनमत र नैतिक मूल्यले लोकतन्त्र टिक्ने बताएका छन्। उनले विप्लवले हिंसाको बाटो त्याग्ने पर्ने बताए। 'कुनैपनी देशमा गोलि ,बन्दुक र बारुदले होइन संवाद,जनमत र नैतिक मूल्यले टिक्छ लोकतन्त्र। सत्ताले निषेधको र विप्लवले हिंसाको बाटो त्याग्नै पर्छ । रेडबुकले रगत धेरै दिसक्यो देशलाई, कमरेडहरुले पसिना बगाउने प्रतिस्पर्धा गरुन् अब !' शर्माको ट्वीटमा उल्लेख छ।

सदनमा गृहमन्त्री थापाले सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको दाबी गरेपछि प्रवक्ता शर्माको यस्तो अभिव्यक्ति आएको हो ।राज्य व्यवस्था समितिको निर्देशनअनुसार बनेको छानविन समितिले दिएको प्रतिवेदनले पनि पौडेलको मृत्यु दोहोरो भिड्न्तमा मारिएको गृहमन्त्री थापाको दाबी छ।
गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताबीच जम्काभेट भएपछि पौडेलको मृत्यु भएको गृहमन्त्रीले बताए।