बुधबार, साउन २७, २०८३

एउटै डोरीमा झुण्डिएर दाजुबहिनीले गरे आत्महत्या      

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - दार्चुलामा दाजुबहिनीले एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका छन् । शैल्य शिखर नरपालिका - ५ बगौरा बस्ने महादेव डागा र मनिसा डागाले सोमबार राति एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका हुन्।

दुबै दाजुबहिनी महाकाली नगरपालिका-४ खलंगा बजारमा रहेको विष्ट वियरबारमा डेरा गरी बस्दै आएका थिए। पङ्खामा डोरी लगाइ झुण्डिएको अवस्थामा मंगलबार बिहान उनीहरुको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। 

अन्दाजी २८ वर्षका महादेव र अन्दाजी २२ वर्षकी मनिसा नातामा दाजुबहिनी पर्छन्। मनिसाको विवाह भइसकेको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटना स्थलमा प्रहरीले मुचुल्का तयार गरी आफन्तलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।