काठमाडौं- नेपाली यू-१९ क्रिकेट टोलीले श्रीलंकामा सेप्टम्बरमा आयोजना हुने युथ एसियन कप खेल्ने पक्का भएको छ । मंगलबार भएको इस्र्टन रिजन यू-१९ एसिया कप छनोट अन्तरगत फाइनल खेलमा हङकङलाई ६ विकेटले पराजपति गर्दै नेपालले एसिया कपमा आफ्नो स्थान पक्का गरेको हो । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
हङकङले दिएको ९६ रनको झिनो लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भट्टायो । नेपालको जितका लागि ओपनरद्वय रित गौतम र पनव सराफले ५२ रनको साझेदारी गरे । पवनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३९ रनको योगदान दिए ।

त्यस्तै रितले १४ बलमा २ चौका प्रहार गर्दै १३ रन जोडे । खडक बहादुर बोहराले ८ रन जोड्दा कप्तान रोहित कुमार पौडेल १२ रनमा आउट भए । भिम सार्की ८ रनमा अविजित रहे । हङकङका लागि रौनक कपुरले दुई तथा मोहम्मद हसन खान र मोहम्मद हसनले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३.१ ओभरमा सबै विकटे गुमाउँदै मात्र ९५ रन जोडेको थियो । हङकङका लागि अदित गोरावाराले सर्वाधिक २४ रन जोडे । उनले ७१ बल खेल्दै ४ चौकाको मद्दतमा २४ रन जोडेका हुन् । त्यस्तै कलहान मार्क चल्लुले १९, रौनक कपुरले १२ र रन जोडे ।

नेपाली बलर सामु निरही देखीएका हङकङका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन छुन सकेनन् । २३ औं ओभरमा ४७ रन पुग्दा हङकङले ५ विकेट गुमाई सकेको थियो । त्यसपछि कमल सिंह ऐरी, र तिलकराज भण्डारीले उत्कृष्ट बलिङ गरेपछि हङकङ सस्तैमा समेटिएको हो ।
हङकङलाई सस्तैमा समेट्न सर्वाधिक विकेट लिएका सागरले १० ओभरमा ५ मेडियन सहित १८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै ऐरीले तीन तथा भण्डारी र कुसल मल्लले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४