शनिबार, कात्तिक १५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • गृहमन्त्रीको जवाफ : बाटो खुलाउँदा सिंहको र मुठभेटमा पौडेलको मृत्यु   

गृहमन्त्रीको जवाफ : बाटो खुलाउँदा सिंहको र मुठभेटमा पौडेलको मृत्यु   

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
Kumaribank
Metro Mart
काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सर्लाहीको इश्वरपुरमा बाटो खुलाउँदा सरोज नारायण सिंह मृत्यु भएको दाबी गरेका छन्।

सर्लाहीको इश्वरपुरस्थित पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गरिरहेका सर्वसाधारणमाथि प्रहरीले गोली चलाउँदा स्थानीय २८ वर्षीय सरोज नारायण सिंहको मृत्यु भएको थियो। उक्त घटनाको विषयमा संसदमा उठेको प्रश्नको जवाफ मंगलबार सांसदमा थापाले दिएका छन्।

‘बाटो अवरोध गरिएको अवस्थामा बाटो खुलाउने क्रममा प्रदर्शनकारीहरुले प्रहरीमाथि ढँगामुडा गर्दा प्रहरीको गोली सरोज नारायण सिंहलाई लागेको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो।’
उक्त घटनाको विषयमा छानविन गर्न एक समिति गठन गरिएको जानकारी दिदै गृहमन्त्री थापाले केही दिनभित्र प्रतिवेदन आउने जानाए।

यसैगरी विप्लव समूहका नेता कुमार पौडेल प्रहरीसँगको मुठभेटमा मारिएको थापाले दाबी गरेका छन्। राज्य व्यवस्था समितिको निर्देशनअनुसार बनेको छानविन समितिले दिएको प्रतिवेदनले पनि दोहरो भिड्न्तमा पौडेल मारिएको गृहमन्त्री थापाको दाबी छ। 

गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताबीच जम्काभेट भएपछि पौडेलको मृत्यु भएको गृहमन्त्रीको दाबी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।