बुधबार, साउन २७, २०८३

 कांग्रेस र मधेसवादीले संसद् घेरे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् ।

पछिल्लो समय सर्लाहीका तीन घटनामा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै सासदहरुले संसद् अवरुद्ध गरेका हुन् । गृहमन्त्री थापाले राज्य मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न प्रतिवद्ध रहेको भन्दै सोही क्रममा सर्लाहीको घटना भएको बताएका थिए।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सर्लाही घटनाबारे सांसदहरुले उठाएको जिज्ञासाको सम्बोधन गर्दै उनले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा सर्लाहीका घटना भएको बताउन भएको हो ।

विप्लव समूहका कार्यकर्ताले सर्लाहीको लालबन्दी र हरिवन इलाकामा स्थानीय जनप्रातिनिधि र व्यापारीलाई चन्दा माग्दै ज्यान मार्ने धम्की दिने गरेको गुनासोपछि सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै केन्द्रबाट परिचालित समूह र विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको समूहबीच जम्काभेट हुँदा पौडेल समूहका तर्फबाट फायरिङ भएको र जबाफी फायरिङका क्रममा कुमार पौडेलको मृत्यु भएको बताएका थिए।

सांसदहरुले तीनै घटना अध्ययनका लागि संसदीय समिति गठन नगरी बैठक चल्न नदिने भन्दै अवरोध गरेका हुन्। बैठक अवरुद्ध भएपछि १५ मिनेटका लागि स्थगित गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।