बुधबार, साउन २७, २०८३

दुई मैत्रिपूर्ण खेल खेल्न राष्ट्रिय टोली मलेसिया प्रस्थान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सिंगापुरमा आयोजना हुने आइसिसी टी-२० विश्वकप एसिया छनोट फाइनलको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसिया प्रस्थान गरेकोछ । मलेसियासँग दुई टी-२० मैत्रिपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो । 

नेपालले असार २८ र २९ गते दुई मैत्रिपूर्ण खेल खेल्ने छ । मलेसियासँगको दुई मैत्रिपूर्ण खेल पछि नेपाली टोली उतैबाट सिंगापुर प्रस्थान गर्ने छ । एसिया छनोट फाइनलका लागि यस अघिनै पारस खड्काको कप्तानीमा १४ सदसीय नेपाली टोलीको घोषणा गरी सकेको थियो ।  

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ । नेपालले आफ्नो पहिलो खेल कतारसँग २३ जुलाईमा खेल्ने छ भने दोस्रो खेल मलेसियासँग २४ जुलाइमा खेल्ने छ । 

त्यस्तै २७ जुलाईमा कुवेत र २८ जुलाईमा घरेलु टोली सिंगापुरसँग खेल्नेछ । छनोटको शीर्ष स्थानमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ। एसिया छनोटमा युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।