बिहीबार, वैशाख ३, २०८३

सागरको घातक बलिङमा हङकङ ९५ रनमा समेटियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- देब्रे हाते स्पिनर बलर सागर ढकालले घातक बलिङ गरेपछि इस्र्टन रिजन यू-१९ एसिया कप छनोट अन्तरगत फाइनल खेलमा हङकङ सस्तैमा समेटिएको छ । सागर एक्लैले पाँच विकेट लिए पछि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै विकटे गुमाउँदै मात्र ९५ रन जोड्न सक्यो । 

हङकङका लागि अदित गोरावाराले सर्वाधिक २४ रन जोडे । उनले ७१ बल खेल्दै ४ चौकाको मद्दतमा २४ रन जोडेका हुन् । त्यस्तै कलहान मार्क चल्लुले १९, रौनक कपुरले १२ र रन जोडे । नेपाली बलर सामु निरही देखीएका हङकङका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन छुन सकेनन् । 

२३ औं ओभरमा ४७ रन पुग्दा हङकङले ५ विकेट गुमाई सकेको थियो । त्यसपछि कमल सिंह ऐरी, र तिलकराज भण्डारीले उत्कृष्ट बलिङ गरेपछि हङकङ सस्तैमा समेटिएको हो । 

हङकङलाइै सस्तैमा समेट्न सर्वाधिक विकेट लिएका सागरले १० ओभरमा ५ मेडियन सहित १८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै ऐरीले तीन तथा भण्डारी र कुसल मल्लले एक एक विकेट लिए । 

यस छनोट अन्तरगत प्रतियोगिताको विजयी टोलीले सेप्टेम्बरमा हुने यूथ एसिया कपमा छनौट स्थान बनाउने छ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।