ललितपुर- ललितपुरको भैंसेपाटीस्थित महानगरीय प्रहरी प्रभागको हिरासतबाट तीन थुनुवा फरार भएका छन्।
भाग्नेहरुको नाम नखुलाइए पनि तीनमध्ये २ जना डाँका र एक जना लागुऔषध मुद्दाका अभियुक्त रहेको जनाइएको छ । ती अभियुक्त सोमबार राति भागेका हुन्। उनीहरु ग्रिल उप्काएर भागेको प्रहरीले जनाएको छ।
ललितपुर प्रहरी प्रमुख रविन्द्र धानुकले घटनाको पुष्टि गर्दै फरार भएका अभियुक्तहरुको खोजी कार्य तिब्र पारिएको जानकारी दिए ।
उनीहरुको खोजीका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ भने सुरक्षा जाँच पनि कडा बनाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४