बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विप्लव समुहले वडा कार्यालयमा आगो लगायो, इन्स्पेक्टर घाइते

विप्लव समुहले वडा कार्यालयमा आगो लगायो, इन्स्पेक्टर घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बर्दिया- नेत्र विक्रम चन्द विप्लव समूहले बर्दियाको गेरुवा गाउँपालिका–६ को वडा कार्यालयमा आगजनी गरेको छ । सोमबार मध्यरातमा विप्लव समूहले वडा कार्यालयमा आगजनी गरेको प्रहरीले जनाएको छ । 

आगजनीबाट वडा कार्यालयको लेखाफाट जलेर पुरै नष्ट भएको छ भने अन्य दुई कोठामा पनि क्षति पुगेको छ । आगो निभाउने क्रममा इलाका प्रहरी कार्यालय पाताभार प्रहरी निरिक्षक खेमबहादुर मल्ल गम्भीर घाइते भएका छन् । 

आगो निभाउने क्रममा छत ढलेर लाग्दा उनी गम्भीर घाइते भएका हुन् । उनलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ । 

घटनास्थलमा विप्लव समुहको  भेरी कर्णाली ब्युरोको पर्चा भेटिएको छ । घटना विप्लव समुहले नै गरेको आशंकामा प्रहरीले सर्च अभियान तिब्र पारेको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।