बिहीबार, वैशाख ३, २०८३

विश्वकपमा देखीएका पाँच युवा स्टार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्ल्यान्डमा जारी विश्वकपको सेमिफाइनल समिकरण पुरा भैसक्दा मंगलबारबाट सेमिफाइनल खेल सुरु हुँदै छन् । यस दौरान केही युवा खेलाडीले आफ्नो उत्कृष्ट प्रदर्शन गरेका छन् । जसले सभविष्यमा एक सुपरस्टार बन्ने संकेत देखाएको छ । हेरौ जारी विश्वकपमा पाँच उदयमान खेलाडीहरु ।

निकोलस पूरन (वेस्टइन्डिज)
Image result for nicholas pooran
वेस्टइन्डिजका २३ वर्षीय ब्याट्सम्यान निकोलस पूरनले विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शनले देखाएका छन् । त्यसैले उनले आफ्नो टिमका लागि भविष्यमा महत्वपूर्ण भुमिका खेल्न सक्ने अनुमान गर्न सकिन्छ । पूरन जारी विश्वकपमा वेस्टइन्डिजका लागि सर्वाधिक रन जोड्ने पहिलो खेलाडी हुन् । 

विश्वकप अघि आफ्नो डेब्यु खेलमा उनी खाता नखोल्दै पेभिलियन फर्किएका थिए । तर, यस विश्वकपमा पूरनले ९ खेलमा खेल्दै ५२.४२ को औसतमा कुल ३६७ रन बनाएका छन् । यस दौरान उनको वेष्ट स्कोर ११८ रहेको छ । उनले यू-१९ विश्वकपमा अष्ट्रेलियाविरुद्ध १४३ रनको पारी खेलेका थिए । 

शाहीन शाह अफ्रीदी (पाकिस्तान)
Image result for shahin shah afridi
१९ वर्षीय पाकिस्तानी तिब्र गतिका बलर शाहीन शाह अफ्रीदीलाई दिग्गन वसिम अकरमले भविष्यको तारा भनेका छन् । अफ्रीदीले बंगलादेशविरुद्धको खेलमा ३५ रन खर्चेर ६ विकेट लिएका थिए । जुन पाकिस्तानका लागि विश्वकपको एक खेलमा सर्वाधिक विकेटको रेकर्ड हो । 

अफ्रीदीले यस विश्वकपको एकै खेलमा ६ विकेट लिने सबै भन्दा युवा खेलाडी समेत बने । अफ्रीदी जारी विश्वकपमा १९ वर्ष ९० दिनको उमेरमा ६ विकेट लिएका थिए । उनले विश्वकपका मात्र ५ खेल खेल्दै १ट विकेट लिएका छन् । 

मुजिब उर रहमान (अफगानिस्तान)
Image result for mujeeb ur rahman
अफगानिस्तान विश्वकपका सबै ९ खेल गुमाए पनि युवा खेलाडी मुजिब उर रहमानले उत्कृष्ट बलिङ गर्दै सबैको मन जितेका छन् । मुजिबले यस विश्वकपमा मात्र ७ विकेट लिए पनि उनको बलिङ स्टाइलले धेरै जसो दिग्गज ब्याट्सम्यानलाई समेत हम्मे हम्मे पारे । 

१८ वर्षीय बलर मुजिबले अफगानिस्तानका नम्बर एक स्पिनर राशिद खान भन्दा दुई वर्ष कान्छा हुन् । तर, जुन तरिकाले मुजिबले आफ्ना प्रत्यक बलमा विविधता देखाए, त्यसले गर्दा उनी छिट्टै एक स्टार खेलाडीको स्थानमा पुग्ने छन् । मुजिबले आफुलाई प्रमाणित गर्दै बंगलादेशविरुद्धको खेलमा तीन विकेट लिएका थिए ।
 
अविष्का फर्नान्डो (श्रीलंका)
Image result for avishka fernando

दिमुथ करुणारत्नेको कप्तानीमा रहेको श्रीलंकाले यस विश्वकपमा खासै उत्कृष्ट प्रदर्शन गर्न सकेन् । तर, यस दौरान अविष्का फर्नान्डोले निडरताका साथ ब्याटिङ गरे । जहाँ उनले कयौ पटक धरमराएको श्रीलंकाको स्कोरलाई उकास्दै टिम सहकर्मी र समर्थकका अनुहारमा मुस्कान ल्याएका थिए । 

२१ वर्षीय फर्नान्डोले विश्वकपका ४ खेलमा २०३ रन जोडे । उनले वेस्टइन्डिजविरुद्धको खेलमा १०४ रनेका शतकीय पारी खेलेका थिए । त्यस्तै फर्नान्डोले इंग्ल्यान्डविरुद्धछको खेलमा ४९ रनको पारी खेल्दै टिमलाई शानदार जित दिलाएका थिए । 

जोफ्रा आर्चर (इंग्ल्यान्ड)
Related image
आफ्नो पहिलो विश्वकपमा नै धमाकेदार प्रदर्शन गर्दै जोफ्राले इंग्ल्यान्डका टिम व्यवस्थापकको विश्वस जितेका छन् । उनले हालै मात्र इंग्ल्यान्डबाट खेल्ने मौका पाएका हुन् । २४ वर्षीय तिब्र गतिका बलर जोफ्राले गती र एक्युरेसी अन्य बलर भन्दा फरक रहेको छ । 

इंग्ल्यान्डलाई सेमिफाइनल सम्म पुग्न जोफ्राले महत्वपूर्ण भुमिका खेलेका थिए । उनले ९ खेलमा १ठ विकेट लिएका छन् । जहाँ चार पटक लगातार तीन विकेट लिएका छन् । उनी इंग्ल्यान्डका लागि लामो समयसम्म बलिङ गर्ने अनुमान गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।