बुधबार, साउन २७, २०८३

क्यानडाली डालगिल्स बालयौन दुराचारी ठहर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बनेपा- बालयौन दुराचार आरोपी ६३ वर्षीय क्यानडाली पिटर जोन डालगिल्स बालयौन दुराचारी ठहर भएका छन् । काभ्रेपलाञ्चोक जिल्ला अदालतले पिटर बालयौन दुराचारी ठहर्दै कैद तथा क्षतिपूर्ति तोकेको छ । 

जिल्ला न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले अन्तिम सुनुवाइ गर्दै सोमबार पिटरबाट यौनपीडित दुई जना बालकलाई जनही पाँच लाख क्षतिपूर्ति र एक बालकको हकमा नौ वर्ष र अर्का बालकको हकमा सात वर्ष कैद सजाय तोकेको हो । 

१२ वर्षको बालकलाई यौन दुराचार गरेको कसुरमा नौ वर्ष र १४ वर्षको बालकको यौन दुराचार कसुरमा थप सात वर्ष कैद ठहर भएको अदालतका स्रेस्तेदार ठाकुरचन्द्र त्रितालले जानकारी दिए ।  

यसअघि गत जेठ २७ गते काभ्रे अदालतले यौन दुराचारमा अपराधको कसुरदार ठहर गरी थप पुर्पक्षका लागि धुलिखेल कारागार चलान गरिएको थियो । नयाँ संहिताअनुसार पिटरलाई एक चरणमा कसुरदार कायम गरिएको र अर्को चरणमा सजाय तोकिएको हो । त्रितालका अनुसार पिटरलाई सोमबारै धुलिखेल कारागारमा कैदीका रुपमा राखिएको छ । 

पिटर २०७४ साल चैत अन्तिम साता काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–१ स्थित एक घरबाट बालयौन दुराचारीको आरोपमा पक्राउ परेका थिए । सो घरबाट उनले १२ र १४ वर्षका दुई बालक बन्धक बनाइरोखेको अवस्थाबाट प्रहरीले उद्धार गरेको थियो । 

त्यतिबेला पिटरविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले नेपाली बालकलाई ललाईफकाई तथा विभिन्न प्रलोभनमा पारी यौन दुराचार गरेको आरोपमा जिल्ला अदालत काठमाडौँमा मुद्दा चलाएको थियो । पिटरलाई प्रहरीले हिरासतमा राखी अनुसन्धानपछि काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्ला अदालतमा बन्दी अवस्थामा कारगारमा राख्दै आएको थियो । 

सिआइबीको अनुसन्धानबाट पिटरले केही वर्षदेखि काठमाडौँमा हिमालयन कम्युनिटी फाउण्डेशन नामक संस्था सञ्चालन गरी शिक्षा र खानेपानी तथा विभिन्न बालबालिकालाई विदेश घुमाई दिने भन्दै समाजसेवीको आवरणमा साना बालकलाई यौन शोषण गर्ने गरेको खुलेको थियो । पिटर यसअघि युएन ह्याबिट्याट अफ्गानिस्तानमा देशीय प्रतिनिधिका रुपमा काम गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनायो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।