काठमाडौं– इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडका नेपाली समर्थकहरूको क्लब एमयू एफसी विजयचोक युवा क्लबले पनि सी डिभिजन छनोट खेल्दैछ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज (बिहीबार) बाट सुरु हुने खेलमा विजयचोकले ससहभागीता जनाएको हो।
सी डिभिजन छनोटमा ७८ क्लबको सहभागीता रहेको छ। जसमा विजयचोक पनि सहभागी बनन्न लागेको हो।
उसले सूचनामा भनेको छ, ‘सुरुवाती दिनहरूमा हप्ताको एक दिन सनिबार मात्र भेला भई एउटा क्लबप्रतिको सम्मान, माया र समर्थकबिचको भाइचारा बिस्तार गर्ने उदेश्यले अघि बढिरहेको यो क्लब सन् २०१२ मा स्थापना भएको हो।’
उसले आधिकारिक पेमेन्ट पार्टनका रुपमा प्रभु पेसँग सम्झौता गरेको छ।