काठमाडौं- मलेसियामा जारी इस्टर्न रिजन एसीसी यू-१९ छनोट क्रिकेटको फाइनल खेलमा नेपालले फिल्डिङ गर्ने भएको छ । किनरारा मैदानमा हङकङविरुद्ध नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो ।
उपाधि दाबदार मानीएका दुबै टोलीले एक अर्कालाई पराजित गर्दै यू-१९ एशिया कपमा स्थान बनाउने छ। एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
सोमबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले फाइनमा स्थान बनाएको थियो । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा हङकङले सिंगापुरलाई डिएल पद्दतिको आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाइएस्को हो ।
नेपाली टिमले फाइनलका लागि सेमिफाइनलकै टिम मैदान उतारेको छ । आज पनि बिशाल विक्रम केसी, प्रतिस जिसी र लोकेश बमलाई विश्राम दिइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४