बुधबार, साउन २७, २०८३

चार देशका लागि सिफारिस राजदूत अनुमोदित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - विभिन्न चार देशका लागि सिफारिस भएका राजदूत अनुमोदित भएका छन्। सोमबार बसेको संसदको विशेष सुनुवाइ समितिले सबै राजदूतको नाम अनुमोदन गरेको हो।

समिति बैठकमा पहिला बंगलादेशका लागि प्रस्तावित राजदूत  डा. बंशीधर मिश्रको सुनुवाई भएको थियो । त्यसपछि स्थगित भएर पुन: ३ बजे बसेको बैठकमा अन्य प्रस्तावित राजदूतहरुको सुनुवाई भएको थियो ।

समितिबाट अनुमोदित भएसँगै बंगलादेशका लागि डा. बंशीधर मिश्र, अस्ट्रेलियका लागि महेशराज दाहाल, स्पेनका लागि दावाफुटी शेर्पा र कतारका लागि नारदनाथ भारद्वाज राजूदत हुने भएका छन्।

बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदुत मिश्रले आफूले बंगलादेशको कनेक्टिभीटीलाई जोड दिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए। नेपाललाई समृद्ध बनाउने गरी लगानी भित्र्याउन, पर्यटन प्रवर्द्धन गर्न भारतसँग कुरा गरेर बंगलादेशसँग सोझै सम्बन्ध कायम गर्न कूटनीतिक पहल गर्ने उनको योजना छ।

गत जेठ २३ गते सरकारले बंगलादेश, कतार, अष्ट्रेलिया र स्पेनका लागि राजदुत सिफारिस गरेको थियो। समितिले अनुमोदन गरेपछि प्रस्तावित राजदुतहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।