बुधबार, साउन २७, २०८३

राखेपले पायो नयाँ सदस्य सचिव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सरकारले रमेश सिलवाललाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त गरेको छ। 

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सोमबार मदन भण्डारी स्र्पोटर्स एकेडेमीका पूर्व अध्यक्ष सिलवाललाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त गरेका हुन्।
निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको कार्यकाल गत असार ९ गते सकिएपछि सो पद रिक्त रहेको थियो । 

नवनियुक्त सदस्य सचिव सिलवालले सोमबार नै पद तथा गोपनियताको सपथ लिएका छन्। युवा तथा खेलकुद मन्त्री विश्वकर्माले आफ्नै मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी सिलवाललाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्। 

सपथ ग्रहण पछि संचारकर्मीसँगै कुरा गर्दै नवनियुक्त सदस्य सचिव सिलवालले चार महिना भित्र सम्पन्न गर्नुपर्ने दक्षिण एसियाली खेलकुद प्रतियोगिताको चुनौतिलाई सामना गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे। उनले नेपालको खेलकुद क्षेत्रलाई राष्ट्रको प्रतिष्ठासँग जोडेर अघि बढाउने योजना पनि सार्वजनिक गरे।

तत्कालीन एमालेको युवा संघको उपाध्यक्ष समेत भइसकेका सिलवाल प्रधानमन्त्री केपी ओली निकट मानिन्छन्। उनले आफूलाई सो पदको जिम्मेवारी दिएकोमा प्रधानमन्त्री ओली र मन्त्री विश्वकर्माप्रति आभार पनि व्यक्त गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।