मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पहिलो दिनको खेलमा इन्डिया ७८ रनमै अलआउट, इंग्ल्यान्डको बिस्फोटक ब्याटिङ

पहिलो दिनको खेलमा इन्डिया ७८ रनमै अलआउट, इंग्ल्यान्डको बिस्फोटक ब्याटिङ

पहिलो खेल ड्र भएर दोस्रो खेल इन्डियाले जितेको इन्डिया–इंग्ल्यान्ड टेस्ट सिरिजको तेस्रो खेलमा इंग्ल्यान्डले सानदार सुरुआत गरेको छ।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौं– पहिलो खेल ड्र भएर दोस्रो खेल इन्डियाले जितेको इन्डिया–इंग्ल्यान्ड टेस्ट सिरिजको तेस्रो खेलमा इंग्ल्यान्डले सानदार सुरुआत गरेको छ।

लिड्स रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको इन्डियाले पहिलो इनिङमा घरेलु बलरसामू कमजोर सावित हुँदै ४० ओभर चार बलममा ७८ रन बनाएर अलआउट भयो।

इंग्ल्यान्डका जेम्स एन्डरसन र केइरग ओभरटोनले समान ३–३ विकेट गिराए भने ओलीए रोबिन्सन र साम कुरनले समान २–२ विकेट लिए।

इंग्ल्यान्डका कसिला बलरमाझ इन्डियाका के एल राहुल, मोहम्मद शामी र जसप्रिमत बुमरा शून्य रनमै आउट भए।

त्यसबाहेक चेतेश्वर पुजरा, रिषभ पन्त, मोहम्मद सिरज र रविन्द्र जाडेजाले क्रमश १, २, ३ र ४ रन बनाए। अन्य खेलाडीले पनि सम्झालायक प्रदर्शन गरेनन्।

पहिलो दिनमै ब्याटिङ थालेको इंग्ल्यान्डले विना विकेट क्षतिमा १२० रन बनाएको छ। ओपनिङमा आएका रोरी बर्नसले ५२ र हसिब हमिदले ६० रन बनाएका छन्।

अहिले इन्डिया ४२ रनले अघि छ। दोस्रो दिनको खेल आज(बिहीबार) पौने तीन बजेबाट सुरु हुनेछ।

प्रकाशित: Aug 26, 2021| 07:58 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।