आइतबार, साउन १७, २०८३

आगरामा बस दुर्घटना, २९ को मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - भारतको उत्तर प्रदेश स्थित आगरामा सोमबार बिहान भएको बस दुर्घटनामा परी २९ जनाको ज्यान गएको छ भने अन्य  १८ यात्रु गम्भीर घाइते भएका छन्।

नयाँ दिल्लीबाट लखनउ जान लागेको सो बस झरना नालामा खसेको थियो। दुर्घटनामा परी घाइते भएकाहरुको उद्धारको काम निकै कठिन भएको र उनीहरुको उद्धार गरी अस्पताल भर्ना गरिएको अधिकारीहरुले जनाएका छन्। गुडिरहेको बस सडकबाट कम्तीमा ५० फिट तल खसेको थियो। चालक निदाएका कारण बस दुर्घटनामा परेको हुनसक्ने प्रहरी अनुमान छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।