बिहीबार, वैशाख ३, २०८३

रोहित र भिमको उत्कृष्ट साझेदारीले नेपाल फाइनलमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- घरेलु टोली मलेसियालाई पराजति गर्दै नेपाल इस्र्टन रिजन यू-१९ एसिया कप छनोटको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनल खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो । 

मलेसियाले दिएको ८८ रनको झिनो लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा मात्र ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । लक्ष्य पछ्याउने क्रममा खराव सुरुवात गरेको नेपालले ६.३ ओभरमा मात्र ३० रन पुग्दा तीन विकेट गुमाएको थियो । पहिलो विकेटको रुपमा १८ रनमा खेली रहेका पवन सराफ हैकल मोहद खाइरको बलमा क्याच आउट हुँदै पेभिलियन फर्किए । 

त्यस पछि ३ रन जोडेका अर्को ओपनर ब्याट्सम्यान रित गौतम हैकल मोहद खाइरकै बलमा क्याचआउट भए । तेस्रो विकेटको रुपमा नेपालले खडक बहादुर बोहरालाई शुन्य रनमा गुमायो ।

तर, तेस्रो नम्बरमा मैदान प्रवेश गरेका कप्तान रोहित कुमार पौडेल र पाँचौ स्थानमा मैदान प्रवेश गरेका भिम सार्कीले अविजित ६० रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए । रोहितले २९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३१ रनको योगदान दिए । त्यस्तै भिमले ३४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३३ रनको जोडे । मलेसियाका लागि हैकल मोहद खाइरले दुई तथा मुहम्मद आमीरले एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४०.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८७ रन जोडेको थियो । खराव सुरुवात गरेको मलेसियाका लागि मुहम्मद आमिरले सर्वाधिक २४ रन जोडे । 

उनले ३२ बलमा ३ चौकाको मद्दतमा २४ रन जोडेका हुन् । नेपाली बलर सामू खुलेर खेल्न नसकेका मलेसियाका ब्याट्सम्यान हैकल मोहद खाइरले १२, वान अमिरुल जुलकार्नियानले ११ र अहमद अक्मल आलिफले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । 

पहिलो ओभरको पाँचौ बलमा १ रन हुदाँ अस्लाम खान मलिकलाई गुमाएको मेसियाले १२ औं ओभरमा टोलीको स्कोर ३८ पुग्दा २४ रनमा खेली रहेका मुहम्मद आमिर कुसल मल्लको बलमा बोल्ड आउट हुँदै पेभिलिएन फर्किए । १३ औं ओभरमा ४६ रन पुग्दा विश्वरुबेन कुमार, १७ औं ओभरमा ४९ रन पुग्दा वान अमिरुल जुलकार्नियान, २१ औं ओभरमा ५३ रन पुग्दा विजय उनी र २३ औं ओभरमा ५५ रन पुग्दा मलेसियाले मोहम्मद आरिफ मोहद युसुपललाई गुमाएको थियो । 

२८ औं ओभरमा ६५ रन पुग्दा तानिस अरोरा, ३३ ओभरमा ७५ रन पुग्दा हैकल मोहद खाइर, ४१ ओरमा ८७ रन पुग्दा अहमद अक्मल आलिफ र सोहि ओभरको पाँचौ बलमा अचिनु हेटिङ्गेलाई गुमाएको थियो । 

मलेसियालाई सस्तैमा समेट्न सागर ढकालले सर्वाधिक तीन विकेट लिए। त्यस्तै कुसल मल्लले दुई तथा तिलक राज भण्डारी र कमल सिंह ऐरी र राशिद खानले एक एक विकेट लिए । अब नेपालले उपाधिका लागि हङकङ र सिंगापुरविबप्चको विजेता टोलीसँग खेल्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।