काठमाडौं- घरेलु टोली मलेसियाले इस्र्टन रिजन यू-१९ एसिया कप छनोट अन्तरगत पहिलो सेमिफाइनल खेलमा नेपाललाई जितका लागि ८८ रनको झिनो लक्ष्य सुम्पेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४०.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८७ रन जोडेको हो ।
खराव सुरुवात गरेको मलेसियाका लागि मुहम्मद आमिरले सर्वाधिक २४ रन जोड । उनले ३२ बलमा ३ चौकाको मद्दतमा २४ रन जोडेका हुन् । नेपाली बलर सामू खुलेर खेल्न नसकेका मलेसियाका ब्याट्सम्यान हैकल मोहद खाइरले १२, वान अमिरुल जुलकार्नियानले ११ र अहमद अक्मल आलिफले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।
पहिलो ओभरको पाँचौ बलमा १ रन हुदाँ अस्लाम खान मलिकलाई गुमाएको मेसियाले १२ औं ओभरमा टोलीको स्कोर ३८ पुग्दा २४ रनमा खेली रहेका मुहम्मद आमिर कुसल मल्लको बलमा बोल्ड आउट हुँदै पेभिलिएन फर्किए ।
१३ औं ओभरमा ४६ रन पुग्दा विश्वरुबेन कुमार, १७ औं ओभरमा ४९ रन पुग्दा वान अमिरुल जुलकार्नियान, २१ औं ओभरमा ५३ रन पुग्दा विजय उनी र २३ औं ओभरमा ५५ रन पुग्दा मलेसियाले मोहम्मद आरिफ मोहद युसुपललाई गुमाएको थियो ।
२८ औं ओभरमा ६५ रन पुग्दा तानिस अरोरा, ३३ ओभरमा ७५ रन पुग्दा हैकल मोहद खाइर, ४१ ओरमा ८७ रन पुग्दा अहमद अक्मल आलिफ र सोहि ओभरको पाँचौ बलमा अचिनु हेटिङ्गेलाई गुमाएको थियो ।
मलेसियालाई सस्तैमा समेट्न सागर ढकालले सर्वाधिक तीन विकेट लिए। त्यस्तै कुसल मल्लले दुई तथा तिलक राज भण्डारी र कमल सिंह ऐरी र राशिद खानले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४