काठमाडौँ- करिब १० दिन ढिलागरी भित्रिएको मनसुन देशैभर सक्रिय भएको छ । मनसुनी न्युन चापीय रेखा नेपालतिर सरेसँगै मनसुन मुलुकका अधिकांश ठाउँमा सक्रिय भएको हो ।
मनसुन सक्रिय भएपछि मुलुकका अधिकांश ठाउँको मौसम सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
मौसमविद् समिर श्रेष्ठका अनुसार देशको पूर्व र मध्य क्षेत्रमा बढी पानी पर्ने देखिएको छ । पश्चिमका क्षेत्रमा भने केही कम पानी पर्नेछ ।
यस्तो हुनेछ तीन दिनको मौसम
असार २३ गते (सोमवार)
दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भू-भागहरुमा वर्षाको सम्भावना छ। देशको एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ।
राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भू-भागहरुमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।
असार २४ गते (मंगलवार)
दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भू-भागहरुमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।
राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ
असार २५ गते (बुधवार)
दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।
राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४