बिहीबार, साउन २८, २०८३

यसकारण नमनाउने भए पूर्वराजाले जन्मोत्सव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

 
काठमाडौं- पूर्वराज ज्ञानेन्द्र शाह आफ्नो ७३ औँ जन्मोत्सव नमनाउने भएका छन्।

आफन्तहरूको निधन भएको कारण देखाउँदै उनले यस वर्ष जन्मोत्सव नमनाउने निर्णय गरेको निर्मल निवास स्रोतले जनाएको छ। 

हरेक वर्ष तामझामका साथ जन्मोत्सव मनाउने गरेका पूर्वराजा ज्ञानेन्द्रले आफन्त प्रभाकर शमशेर राणा, प्रबल शमशेर राणालगायतको निधन भएपछि जन्मोत्सव स्थगित गरेको निर्मल निवास स्रोतले जानकारी दिएको छ।

पूर्वराज शाह निर्मल निवासमा समेत नरहने बुझिएको छ । राजसंस्थाका पक्षधरहरुले जन्मोत्सव मनाउन मुल समिति गठन गरी विविध कार्यक्रमको तयारी गरिरहँदा उनी पूर्व रानी कोमल शाहलाई लिएर फर्पिङ क्षेत्रमा गएको बुझिएको छ ।



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।