बिहीबार, वैशाख ३, २०८३

जारी विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्ल्यान्डमा जारी एकदिवसीय विश्वकपको क्रिकेट अन्तरगत लिग चरणको खेल सकिएको छ । सहभागी १० टिमले लिगका ९ खेल खेली सकेका छन् । र सेमिफाइनमा पुगेका चार टोलीको सेमिफाइनल प्रतिद्वन्द्वीको पनि टुङ्गो लागेको छ । 

पहिलो सेमिफाइनमा भारतले न्यजिल्यान्डको सामना गर्दै छ भने अष्ट्रेलियाले आयोजक राष्ट्र इंग्ल्यान्डको सामना गर्दै छ । हेरौ जारी विश्वकपमा लिग चरणका खेलहरुमा सर्वाधिक विकेट लिने खेलाडीहरु को को हुन् । 

१. मिचेल स्टार्क (अष्ट्रेलिया)
Image result for mitchell starc

अष्ट्रेलियाका तिब्र गतिका बलर मिचेल स्टार्क जारी विश्वकको लिग चरणका खेल सकिदा सर्वाधिक विकेट लिने खेलाडीको पहिलो स्थानमा छन् । उनले ९ खेल खेल्दै २६ विकेट लिएका छन् । कुल ८३.२ ओभर बलिङ गर्दै ४३२ रन खर्चेर २६ विकेट लिएका हुन् । 

उनले दुई खेलमा समान ४-४ विकटे लिएका थिए भने दुई खेलमा ५-५ विकेट लिएका थिए । उनले वेस्टइन्डिज र न्युजिल्यान्डविरुद्धको खेलमा ५ विकेट लिएका थिए । त्यस्तै श्रीलंका र इंग्ल्यान्डविरुद्धको खेलमा समान ४-४ विकेट लिएका थिए । 

२. मुस्ताफिजुर रहमन (बंगलादेश)
Image result for mustafizur rahman world cup
बंगलादेशका बलर मुस्ताफिजुर रहमन जारी विश्वकपको लिग चरणका खेल सकिदा सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा छन् । उनले ८ खेलमा ७२.१ ओभर बलिङ गर्दै ४८४ रन खर्चेर २० विकटे लिएका हुन् । 

रहमनले जारी विश्वकपको दुई खेलमा समन पाँच पाँच विकेट लिएका थिए । उनले पछिल्ला दुई खेल भारत र पाकिस्तानविरुद्धको खेलमा समान पाँच पाँच विकेट लिएका हुन् । उनको औसत २४.२० छ भने इकोनोमी ६.७० छ । 

३.लोकी फेर्गुसन (न्यजिल्यान्ड)
Image result for lockie ferguson
न्यजिल्यान्डका लोकी फेर्गुसन सर्वाधिक विकेट लिने खेलाडीको चौंथो स्थानका छन्। उनले ७ खेल खेल्दै १७ विकेट लिएका छन् । उनले ६३.४ ओभरमा ३१६ रन खर्चदै १७ विकेट लिए । उनीसँगै १७ विकेट लिने पाकिस्तानका मोहम्मद आमिर छन् । 

उनले ८ खेलमा ७३ ओभर बलिङ गर्दै ३५८ रन खर्चेर १७ विकेट लिएका हुन् । आमिरले अष्ट्रेलियाविरुद्धको खेलमा ३० रन खर्चेर पाँच विकेट लिएका थिए । 

त्यस्तै इंग्ल्यान्डका जोफ्रा आर्चरले पनि ९ खेलमा १७ विकेट लिएको छन् । ८०.५ ओभर बलिङ गरेका आर्चरले ३८७ रन खर्चेका छन् । भारतका तिब्र गतिका बलर जसप्रित बुमराहले ८ खेलमा १७ विकेट लिएका हुन् । 

४. शाहीन शाह अफ्रीदी (पाकिस्तान)
Image result for shahin shah afridi
पाकिस्तनका शाहीन शाह अफ्रीदी पाँचौ स्थानमा छन् । उनले मात्र ५ खेलमा १६ विकेट लिएका छन् । ४७.१ ओभर बलिङ गरेका अफ्रीदीले २३४ रन खर्चेर १६ विकेट लिएका हुन् । उनले बंगलादेशविरुद्धको खेलमा ३५ रन खर्चेर ६ विकेट लिए । त्यस्तै अफगानिस्तानविरुद्धको खेलमा ४ विकेट लिएका थिए । 

उनीसँगै इंग्ल्यान्डका मार्क वुडले पनि १६ विकेट लिएका छन् । ८ खेल खेलेका वुडले ७०.४ ओभर बलिङ गर्दै ३६९ रन खर्चेर १६ विकेट लिएका हुन् ।

अन्यमा न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ८ खेलमा  १५ विकेट लिएका छन् । त्यस्तै भारतका मोहम्मद शामीले मात्र चार खेलमा  १४ विकेट लिएका छन् । उनले ३५.१ ओभर बलिङ गर्दै १९३ रन खर्चेर १४ विकेट लिएका हुन् । 

दक्षिण अफ्रीकाका क्रिस मोरीस, श्रीलंकाका लाथीस मलिङ्गा, अष्ट्रेलियाका पात कुमिन्स र बंगलादेशका मोहम्मद र्सैफुदिनले समान १३-१३ विकेट लिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।