बिहीबार, वैशाख ३, २०८३

हेड टु हेड : ब्राजिल र पेरुमा को बलियो?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- घरेलु टोली ब्राजिलले कोपा अमेरिकाको उपाधिका लागि आज (आइतबार) पेरुसँगै खेल्दै छ । खेल नपाली समय अनुसार राती १:४५ बजे सुरु हुनेछ ।

समूह चरणको खेलमा ब्राजिलले पेरुलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको थियो । त्यस्तैले पेरु समूह चरणको हारको बदला लिन चाहन्छ । यता ब्राजिल भने समूह चरणको फराजिलको जितको उच्च मनोबलका साथ मैदान उत्रिने छ । 

ब्राजिल १२ वर्ष पछि कोपा अमेरिकाको उपाधिका लागि फाइनल पुगेको छ । पेरु भने ४४ वर्ष पछि प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । यसअघी दुई पटक मात्र फाइनल पुगेको पेरुले दुबै पटक उपाधि जितेको थियो । 
Image result for brazil vs peru
पहिलो पटक सन् १९३९ मा कोपा अमेरिकाको उपाधि जितेको पेरुले सन् १९७५ मा दोस्रो पटक उपाधि जितेका थियो । ब्राजिलले भने ८ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । ब्राजिलले जारी प्रतियोगितामा १० गोल गरेको छ भने पेरुले ६ गोल गरेको छ । 

हेड टु हेड

ब्राजिल र पेरुले हाल सम्म ४५ पटक एक अर्कासँग प्रतिस्पर्धा गरेका छन् । सन् १९३६ देखी २०१९ सम्म एक अर्कासँग आमने सामने हुँदा ब्राजिल बलियो देखीएको छ । ब्राजिलले ४५ भेट मध्यमा ३२ भेटमा जित निकालेको छ भने ९ भेट बराबरीमा रोकिएका छन् । 

त्यस्तै मात्र ४ भेट ब्राजिलले पेरुसँग गुमाउँन पुगेको छ । सन् २००९ देखी पछिल्ला ६ भेटमा ब्राजिलले ५ जित सनकालेको छ भने एक खेल मात्र गुमाएको छ । १ अप्रिल २००९ मा भएको भेटमा ब्राजिलले ३-० को जित निकालेको थियो भने १४ जुन २०१५ मा भएको भेटमा २-१ ले जितेको थियो ।  
Image result for coutinho
त्यस्तै १७ नोभेम्बर २०१५ मा नै भएको अर्को भेटमा ३-० को जित निकाल्दा १२ जुन २०१६ मा भने ब्राजिल पेरुसँग १-० ले पराजित भएको थियो । १५ नोभेम्बर २०१६ मा भएको भेटमा २-० ले विजयी भएको ब्राजिलले जारी कोपा अमेरिकाको समूह चरणको भेटमा ५-० को फराकिलो अन्तरले पराजति गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।