काठमाडौं- भारतले विभिन्न १६ वटा देशलाई आर्थिक अनुदान दिँदै आएको छ। आर्थिक अवस्था कमजोर रहेका देशहरुलाई भारतले अनुदान दिने गरेको छ।
भारतले सबैभन्दा बढी अनुदान दिने देशमध्ये नेपाल तेस्रो स्थानमा परेको छ। नेपाललाई दिईँदै आएको अनुदान रकममा यस वर्षको बजेटमा ४० प्रतिशतले बृद्धि गरेपछि नेपाल तेस्रो स्थानमा परेको हो।
यस आर्थिक वर्षमा भारतले सबभन्दा बढी भुटान र त्यसपछि मरिससलाई आर्थिक अनुदान दिने छ भने तेस्रो स्थानमा नेपाललाई आर्थिक अनुदान दिदैछ।
शुक्रबार भारतीय संसदमा प्रस्तुत भएको बजेटसहित नेपाललाई कुल १६ अर्व ४० करोड दिने जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४