बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अन्तर्राष्ट्रिय संस्थाको नेतृत्व छोडेर अर्याल साझा पार्टीमा

अन्तर्राष्ट्रिय संस्थाको नेतृत्व छोडेर अर्याल साझा पार्टीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- सयवटाभन्दा बढी देशमा काम गर्ने विश्व परामर्शदातृ संस्था क्युइडि ग्रुपको एसिया क्षेत्रका निर्देशक डा सिद्धि अर्याल साझा पार्टीमा प्रवेश गरेका छन् ।

अर्यालले पदबाट राजीनामा दिएर साझाको केन्द्रीय सदस्यका रूपमा पार्टी प्रवेश गरेका हुन् । 

संयुक्त राज्य अमेरिकाबाट अन्तर्राष्ट्रिय स्वास्थ्यमा स्नातकोत्तर रविश्व स्वास्थ पद्धति विकासमा विद्यावारिधि गरेका ४४ वर्षिय सिद्धी अर्यालले १८ वर्ष यता विभिन्न अन्तर्राष्ट्रिय संगठनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए। 

क्युइडि ग्रुपका निर्देशक हुनअघि डा अर्याल मलेरिया कन्सोर्टियमका एसिया निर्देशक, युएनडिपि÷युएनएड्सका एसिया क्षेत्रका सल्लाहाकार पनि रहेका थिए । उनी पछिल्ला केही वर्षदेखि म्यानमारलाई आधार बनाएर कार्यरत थिए।

उनले दर्जनौँ देशहरूका राष्ट्रिय, प्रान्तिय तथा स्थानीय निकायहरूका स्वास्थ्य पद्धति सुधारका लागि नीति निर्माण गर्ने, रणनीतिक योजना बनाउने र कार्यानवयनका संरचनाहरू तयार पार्ने कार्यको नेतृत्व गरेका छन्।

अर्याले नेपालको अहिलको अवस्था सुधार्न युवाहरु जाग्नु पर्ने परिस्थिती सृजना भएकाले नै आफू त्यसका लागि साझा पार्टीमा प्रवेश गरेको बताएका छन् ।  उनले आफ्नो वुद्धि विवेक साझा पार्टीको निर्माण र त्यसमार्फत नेपालको रूपान्तरणमा गर्न केन्द्रीत गर्ने बताएका छन् । 

अर्याललाई पार्टीमा प्रवेश गराउँदै साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एकै पुस्तामा नेपालको रूपान्तरण गर्न युवाहरु एकजुट हुनु पर्नेमा जोड दिए ।  उनले भनेका छन्– सिद्धी अर्यालजस्ता क्षमतावान् र स्वदेश तथा विदेशको व्यापक अनुभव संगालेका नेपालीले प्रतिष्ठित अन्तराष्ट्रिय जागिर छोडेर पार्टी निर्माणमा सहभागि हुनुले हामीलाई हाम्रो लक्ष्यमा पुग्न बल पुग्ने छ।”
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।