बिहीबार, साउन २८, २०८३

कञ्चनपुरका स्थानीय तहमा विप्लव समुहको तालाबन्दी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

महेन्द्रनगर- नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कञ्चनपुरका विभिन्न स्थानीय तहमा तालाबन्दी गरेको छ ।

विप्लव समुहले महाकाली, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी, बेलडाँडीका कार्यालय र वडा कार्यालयमा तालाबन्दी हो । 

तालाबन्दी गरिएका कार्यालय क्षेत्रमा विप्लव नेतृत्वको नेकपाले अपिल पत्र छोडेको थियो । सरकारले आफ्ना नेता कार्यकर्तामाथी धरपकड, पक्राउ गरेर हत्या र स्थानीय तहले भ्रष्टाचार गरेको कारण तालाबन्दी गरेको जनाएको छ । 

नेकपा कञ्चनपुरका सचिव राजेन्द्र विष्ट परिर्वतनले सबै स्थानीय तहका कार्यालय एवं वडामा लगाएको तालाबन्दीको जिम्मा लिएको छ । स्थानीय तह जनताको काम भन्दा पनि आर्थिक अनियमिता तर्फ उन्मुख भएकाले चेतावनी स्वरुप तालाबन्दी गरिएको उनले बताए ।
 
 स्थानीय तहका कार्यालय एवं वडामा लगाएको तालाबन्दी प्रहरीले तोडिदिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।