बिहीबार, साउन २८, २०८३

भोटेकोशी उर्लियो : हाइड्रोका २ मजदुर बेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशीले बगाउदा २ जना मजदुर बेपत्ता भएका छन् ।
 
शनिबार रातिको अविरल बर्षापछि भोटेकोशी नदीमा आएको बाढीले भोटेकोशी गाउँपालिका–५ मा निर्माणधिन शीवश्री हाइड्रोपावरमा कार्यरत दुई  जना मजदुर बेपत्ता भएका हुन् ।  एक जना घाइते भएका छन्। 
 
बेपत्ता हुनेमा शिवश्री हाइड्रोपावरमा कार्यरत यादव काफ्ले, रामअवतार चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता भएकाहरुको खोजी कार्यमा तिब्र पारिएको प्रहरीले जनाएको छ ।

बाढीले भोटेकाशीमा निर्माणाधिन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी, ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशीसँगै चाकुखोला जलविद्युत् आयोजना र शिवश्री हाइड्रोपावरमा क्षति र्पुयाएको प्रहरीले जनाएको छ। स्थानीयको घरमा समेत क्षती पुर्याएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।