मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • 'सी' डिभिजन छनोट खेल्दै म्यान्चेस्टर समर्थकहरूको क्लब, पेमेन्ट पार्टनरमा प्रभु पे

'सी' डिभिजन छनोट खेल्दै म्यान्चेस्टर समर्थकहरूको क्लब, पेमेन्ट पार्टनरमा प्रभु पे

म्यान्चेस्टरका समर्थकहरूले सन् २०१२ मा एमयुएफसी क्लब बनाएका हुन्। बिदाका दिन शनिबार क्लबका सदस्यहरू भेला भएर एकापसमा फुटबल खेल्दै क्लबमा सदस्यको संख्या बढ्दै गएको हो।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं- बेलायती फुटबल क्लब म्यान्चेस्टर युनाइटेडका नेपाली समर्थकहरूको एमयुएफसी विजयचोक युथ क्लबले सी डिभिजन छनौट खेल्ने भएको छ। भदौ १० गतेबाट हुने सहिद स्मारक सी डिभिजन छनोट खेलका लागि क्लब खेल तालिकामा समावेश भएको हो। 

National life

म्यान्चेस्टरका समर्थकहरूले सन् २०१२ मा एमयुएफसी क्लब बनाएका हुन्। बिदाका दिन शनिबार क्लबका सदस्यहरू भेला भएर एकापसमा फुटबल खेल्दै सुरु भएको क्लबमा सदस्यको संख्या बढ्दै गएपछि सी डिभिजन छनोटसम्मको यात्रा तय गरेको हो। 

क्लबलाई डिजिटल भुक्तानी सेवा प्रदायक प्रभु पेले पेमेन्ट पार्टनरका रूपमा साथ दिएको छ। यससम्बन्धी सम्झौतामा कम्पनी र क्लबका तर्फबाट हस्ताक्षरसमेत भइसकेको छ। क्लबको डिजिटल पेमेन्ट पार्टनरमा प्रभु पेले सघाउनुले तल्लो तहमा फुटबल खेल्ने क्लबहरूलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ। 

सामाजिक सेवासँगै व्यवसायिक फुटबललाई पनि निरन्तरता दिनका लागि क्लब आगामी सी डिभिजन लिग खेल्न लागेको क्लबले जनाएको छ।

सी डिभिजन छनोटका लागि ७८ क्लब दर्ता भएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 24, 2021| 22:05 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।