बिहीबार, वैशाख ३, २०८३

धोनीको सन्यास अन्यौल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको सन्यासको बारेमा पछिल्लो चर्चा चलेको छ । चर्चा छ की धोनीले जारी विश्वकप पछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने छन् । 
हाल धोनीको यो चर्चा पनि छ की, उनको ब्याटिङ यस विश्वकपमा सोचे अनुसार चलेका छैन् । त्यसैले पनि उनी विश्वकप पछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बताइएकोछ । 

लगातार आइरहेको उनको सन्यासको खबरकाबीच धोनीले मुख खोलेका छन् । ‘मलाई थाह छैन की, म कहिले सन्यास लिनेछु । तर, धेरै यस्ता व्यक्ति छन् जो आजै सन्यास लियोस् भन्ने चाहन्छन्,’ धोनीले बताए । 

यता भारतीय क्रिकेट कोर्डका एक अधिकारीले पनि धोनीको सन्यासको बारेमा कसैलाई थाहा नभएको बताएका छन् । तर, बिसिसिआईका अनुसार धोनीले यस विश्वकप पछि खेल्ने सम्भावना कम भएका बताएका छन् । 

उनले क्रिकेटका तीन वटै विधाबाट कप्तानी एक्कासी छोडेका थिए । त्यस्तै यस विषयमा पनि धोनीको भविष्यवाणी गर्न नमिल्ने बिसिसिआई स्रोतले जनाएको छ । धोनीले यस विश्वकपका ७ खेलमा ४४.६० को औसतमा कुल २२३ रन जोडेका छन् । 

जसमा एक अर्धशतक समावेश छ । अफगानिस्तान र इंग्ल्यान्डविरुद्धको खेलमा उनको सुस्त गतिको ब्याटिङले धोनी आलोचित समेत भएका थिए । अफगानिस्तानविरुद्ध धोनी ५२ बलमा मात्र २८ रन जोडेका थिए भने इग्ल्यान्डविरुद्धको खेलका ३१ बलमा ४२ रन जोडेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।