काठमाडौं- स्पेनिस ला लिगा फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो ‘एल क्लासिको’ अक्टोबरमा हुने भएको छ । स्पेनिस ला लिगाले सार्वजनिक गरेको नयाँ सिजनको खेल तालिका अनुसार पहिलो ‘एल क्लासिको’ अक्टोबर २७ गते हुने छ ।
पहिलो ‘एल क्लासिको’ बार्सिलोनाको घरेलु मैदानमा हुने छ । त्यस्तै दोस्रो ‘एल क्लासिको’ रियल मड्रिकको घरेलु मैदानमा मार्च १ मा हुने छ । ला लिगाले बिहीबार सन् २०१९-२० को खेल तालिका सार्वजनीक गरेको छ ।
ला लिगाको नयाँ सिजन भने अगस्ट १८ बाट सुरु हुने छ । सिजनको पहिलो दिन १० खेल हुने छ । प्रतियोगितामा सिजनको पहिलो दिन भ्यालेन्सिायविरुद्ध रियल सोसिडाड, सेल्टाभिगोविरुद्ध रियल मड्रिड, लेगानेसविरुद्ध ओसासुना, मालोसाविरुद्ध एइबार र भिल्लारियलविरुद्ध ग्रानाडा भिड्ने छन् ।
त्यस्तै रियल बेटिसविरुद्ध भाल्लाडोलिड, इस्पान्योलविरुद्ध सेभिल्ला, अलाभेसविरुद्ध खेभान्टे, एथ्लेटिक बिल्बाओविरुद्ध बार्सिलोना, एथ्लेटिको मड्रिडविरुद्ध गेटाफे भिड्ने छन् । यसपटक ग्रानाडा, मालोर्सा र ओसासुना दोस्रो डिभिजनबाट शीर्ष लिगमा बढुवा भएका टोली हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४