बिहीबार, वैशाख ३, २०८३

रित र खडकको अर्धशतक पुरा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
कोठमाडौं- ओपनर ब्याट्सम्यान रित गौतम र खडक बहादुर बोहराले इष्टर्न रिजन यु-१९ एसिया कप छनोट अन्तरगत सिंगापुरविरुद्धको खेलमा अर्धशतक पुरा गरेका छन् । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि रित र खडकले अर्धशतक पुरा गरेका हुन् । 

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा जारी खेलमा खडकले ४१ बलमा ९ चौका प्रहार गर्दै अर्पुधशतक परा गरेका हुन् । त्यस्तै रितले ६७ बलमा ५ चौका प्राहार गर्दै अर्धशतक पुरा गरे ।

खडक र रितले ६८ रनको साझेदारी गरेका छन् । रितले पहिलो विकेटका लागि अर्का आपरन ब्याट्सम्यान पवन सर्राफसँग ९२ रनको साझेदारी गरे । 

१५ औं ओभरमा ४५ रनमा खेली रहेका पवन विनित चित्तेस मेहताको बलमा क्याचआउट हुँदै पेभिलियन फर्किए । उनले ४१ बलमा १० चौका प्रहार गर्दै ४५ रन जोडेका हुन् । 

यतीबेला नेपाल २६ ओभरमा एक विकेट गुमाएर १ सय ६४ रनमा खेली रहेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।