एजेन्सी- ब्राजिलियन स्टार गोलरक्षक एलिसन थप एक व्यक्तिगत अवार्ड जित्न तयार रहेका छन् । घरेलु मैदानमा जारी कोपा अमेरिकामा शानदार प्रदखर्शन गरी रहेको एलिसन व्यक्तिगत थप एक अवार्ड जित्न तयार रहेका छन् । उनी कोपा अमेरिकाको गोल्डेन ग्लोृव अवार्ड जित्न तयारु रहेका हुन् ।
जारी कोपा अमेरिकामा ब्राजिलका लागि पाँच खेलेका एलिसनले विश्व फुटबलमा स्टार खेलाडी लियोन मेस्सी र सर्जिओ अग्युरो सम्मिलित अर्जेन्टिनालाई पराजति गर्न महत्वपूर्ण भुमिका खेले ।
सेमिफाइनलमा अर्जेन्टिनालाई पराजित गर्दै फाइनल पुगेको ब्राजिलले उपाधिका लागि पेरुसँग खेल्ने छ । ब्राजिल २००७ पछि पहिलो पटक फलाइनल पुगेको छ । पेरुले चिलीलाई ३-० ले पराजति गर्दै फाइनल पुगे पनि उपाधि भिडन्तमा एलिसनलाई पराजित गर्न गाह्रो पर्ने छ ।
रोमाबाट कीर्तिमानी मुल्यमा इङ्लिस क्लब लिभरपुल पुगेका एलिसनले प्रिमियर लिग गोल्डेन ग्लोव जितेका थिए । उनले प्रतियोगिता भर २१ विपक्षिका प्रहार बचाएका थिए ।
उनले लिभरपुललाई च्याम्पियन लिगको उपाधि दिलाउन सकेन महत्वपूर्ण भुमिका खेलेका थिए । जहाँ लिभरपुलले छैठौं पटक च्यामिपयनस लिगको उपाधि उचालेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४