बुधबार, साउन २७, २०८३

विशालको डेब्यु, नेपालले टस जितेर ब्याटिङ गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

कोठमाडौं- ईष्टर्न रिजन यु-१९ एसिया कप छनोट अन्तरगत नेपालले सिंगापुरविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।   

सिंगापुरविरुद्धको खेलबाट यु-१९ टोलीमा विशाल बिक्रम केसीले डेब्यु गरेका छन् । उनले यसअघि यू-१६ क्रिकेट टोलीको कप्तानी समेत सम्हाली सकेका छन् । सन् २०१७ को एसीसी यु(१६ ९पूर्वी० मा कप्तानी गर्दै टिमलाई जित मात्र दिलाएनन् अल(राउण्ड प्रदर्शन गर्दै महत्वपूर्ण योगदान समेत दिएका थिए।

प्रतियोगितामा उनले ब्याटिंगमा ५ खेल खेल्दा ९३ रन बनाए भने बलिङ्गमा कुल ४ विकेट लिएका थिए। यस्तै यस खेलमा तिब्र गतीका बलरद्वय प्रतिष जिसी र कमल सिंह ऐरीलाई विश्राम दिएको छ । 

प्रतियोगिताको पहिलो खेलमा चीनविरुद्ध विश्राम पाएका तिब्र गतिका बलर रशिद खान र अलराउण्डर कुशल मल्लले यस खेलको सुरुवाती ११ मा स्थान बनाएका छन् । 

साविक बिजेता नेपालको आफ्नो पहिलो खेलमा कमजोर प्रतिद्वन्दी चीनलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

नेपालको शुरुवाती ११

रोहित कुमार पौडेल (कप्तान)
हरि बहादुर चौहान
रित गौतम
पवन सर्राफ
भिम सार्की
सागर ढकाल
तिलक राज भण्डारी
खडक बोहरा
विशाल बिक्रम केसी
रशिद खान
कुशल मल्ल
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।