बिहीबार, वैशाख ३, २०८३

वेस्टइन्डिजको सुखद अन्त्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-आइसिसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत आफ्नो लिगको अन्तिम खेलमा अफगानिस्तान पारजति गर्दै वेस्टइन्डिजले सुखद अन्त्य गरेको छ । बिहीबार भएको खेलमा अफगानिस्तानलाई २३ रनले पराजति गर्दै वेस्टइन्डिजले सुखद अन्त्य गरेको हो ।

वेस्टइयनिडजले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाउँदै मात्र २ सुय ८८ रन मात्र बनाउन सक्यो । अफगानिस्तानका लागि इक्राम अलिखिल र रहमत साहले अर्धशतकीय पारी खेले पनि टोलीको जितका लागि प्रयाप्त हुन सकेन् । 

इक्रमाले ९३ बलमा ८ चौका प्रहार गर्दै ८६ रनको अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै रहमतले ७८ बलमा १० चौका प्रहार गर्दै ६२ रन जोडे । अस्घर अफगानले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४०, नाजिबउल्लाह जड्रानले ३८ बलमा १ चौका  र १ छक्का सहित ३१ रन जोड्दा सायेद शिर्जादले २५ रन जोडे । 

वेष्ट इण्डिजका लागि कार्लोस ब्रैथवेटले ४ तथा केमार रोकले ३ विकेट लिए । त्यस्तै ओशाने थोमस र क्रिस गेलले एक एक विकेट लिए । 

यसअघी टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ११ रन जोडेको थियो। खराब सुरुवात गरेको वेस्टइन्डिजका लागि इभिन लेविज र साई होपले दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए । 

विकेटकीपर होपले ७७ रनको अर्धशतकीय पारी खेले । उनले ९२ बलमा ६ चौका र २ छक्काको मद्दतमा ७७ रनको अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै लेविजले ७८ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५८ रनको अर्धशतकीय पारी खेलेका थिए । 

पहिलो विकेटका रुपमा क्रिस गेललाई छैठौं ओभरमा २१ रन पुग्दा गुमाएको वेस्टइन्डिजले दोस्रो विकेटको रुपमा लेविजलाई २५ औं ओभरमा १०९ स्कोर पुग्दा गुकाएको थियो । 

त्यसपछि तेस्रो विकेटको रुपमा ३१ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३९ रनमा खेली रहेका शिमरन हेटमायर दवालत जाड्रनको बलमा पेभिलियन फर्किए । निकोलसले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५८ रन जोडे ।

जोसन होल्डरले ३४ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ४५ रन जोडे । कार्लोस ब्रेथवेटे १४ रनमा अविजित रहे । अफगानिस्तानका लागि दवालत जाड्रनले दुई विकेट लिए । त्यस्तै सायेद शिर्जाद, मोहम्मद नाइब र राशिद खानले एक एक विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।