काठमाडौं- राप्रपा अध्यक्ष कमल थापा भुटानमा जारी भारत-भुटान मैत्री टेनिस प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको खेलमा दार्जीलिङका देवनम लामालाई २-० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
राप्रपा अध्यक्ष थापाले ४५ वर्ष उमेर समूह माथीको प्रतिस्पर्धामा दार्जीलिङका लामालाई पराजित गरेका हुन् । उनले पहिलो सेटमा लामालाई ६-१ ले पराजित गर्दा दोस्रो सेटमा ६२ ले पराजित गरेका थिए ।
अध्यक्ष थापा यसअघी भएको मेन्स सिंगल्समा भने भारत आसामका केने सेवाङसँग २-० को सेटमा पराजित भएका थिए । उनले भारतका केनेसँग दुबै सेट ६-० ले गुमाएका थिए ।
त्यस्तै महिला सिंगल्समा नेपालकी असलेषा लिसानेविच विजयी भएकी छन् । उनले भारत मणिपुरकी बण्टीलाई २-१ को सेटमा पराजित गरेकी हुन् । पहिलो सेट ४-६ ले गुमाएकी असलेषाले दोस्रो सेट ६-३ र तेस्रो सेट ७-६ ले आफ्नो पक्षमा पारेकी हुन् ।
अध्यक्ष थापा भुटान टेनिस फेडेरेसनले थिम्पुमा आयोजना गरेको ५ औं भारत-भुटान मैत्री टेनिस प्रतियोगितामा सहभागि हुन सोमबार भुटान पुगेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४