एजेन्सी- आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा वेस्टइन्डिजले अफगानिस्तानलाई जितका लागि ३ सय १२ रनको लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ११ रन जोडेको हो ।
खराब सुरुवात गरेको वेस्टइन्डिजका लागि इभिन लेविज र साई होपले दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए । विकेटकीपर होपले ७७ रनको अर्धशतकीय पारी खेले । उनले ९२ बलमा ६ चौका र २ छक्काको मद्दतमा ७७ रनको अर्धशतकीय पारी खेलेका हुन् ।
त्यस्तै लेविजले ७८ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५८ रनको अर्धशतकीय पारी खेलेका थिए । पहिलो विकेटका रुपमा क्रिस गेललाई छैठौं ओभरमा २१ रन पुग्दा गुमाएको वेस्टइन्डिजले दोस्रो विकेटको रुपमा लेविजलाई २५ औं ओभरमा १०९ स्कोर पुग्दा गुकाएको थियो ।
त्यसपछि तेस्रो विकेटको रुपमा ३१ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३९ रनमा खेली रहेका शिमरन हेटमायर दवालत जाड्रनको बलमा पेभिलियन फर्किए । निकोलसले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५८ रन जोडे ।
जोसन होल्डरले ३४ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ४५ रन जोडे । कार्लोस ब्रेथवेटे १४ रनमा अविजित रहे । अफगानिस्तानका लागि दवालत जाड्रनले दुई विकेट लिए । त्यस्तै सायेद शिर्जाद, मोहम्मद नाइब र राशिद खानले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४