मंगलबार, साउन २६, २०८३

मेस्सी र नेयमारको भेटवार्तामा के भयो?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- ब्राजिलियन स्टार स्ट्राइकर नेयमार र अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सीले कोपा अमेरीकाको सेमिफाइनल खेल पछि भेटवार्ता गरेका छन् । 

कोपा अमेरिका अन्तरगत सेमिफाइनल खेलमा अर्जेन्टिना ब्राजिलसँग २-० गोल अन्तरले पराजित भयो । उक्त हेर्न मैदान पुगेका नेयमार पनि खेल सकिए पछि आफु बसेको बक्स छोड्दै अर्जेन्टिनाको ड्रेसिङ रुम तिर लागेका थिए । 

उनी आफ्ना पूर्व टिम सहकर्मी मेस्सीलाई भेट्न अर्जेन्टिनाको ड्रेसिङ रुममा पुगेको बताइएको छ । नेयमार आफ्नो घरेलु टोलीले जितको उत्सव मनाउनु भन्दा पहिले उनी मेस्सीलाई भेट्न ड्रेसिङ रुममा पुगेका थिए । 
Image result for neymar and messi meet in dressing room
तर, नेयमार र मेस्सीको त्यो आकस्मिक भेटवार्ता नभएको अन्तर्राष्ट्रिय अंचार माध्यमको दाबी छ । नेयमारले ब्राजिलसँगको हारपछि मेस्सीलाई सान्तोना दिन त्यहा पुगेको बताइएको छ । दुई वर्ष अघि कीर्तिमानी मुल्यमा पिएसजी पुगेका नेयमार पुनः बार्सिलोना फर्किने चर्चा चलेको छ । 

यतीबेला मेस्सी पिएसजी स्टार नेयमारलाई क्याम्प नाउमा फर्काउन महत्वपूर्ण भुमिका खेली रहेका छन् । पछिल्लो हप्ता बार्सिलोनाका उपाध्यक्ष जोर्डी कार्डोनरले निश्चित रुपमा नेयमारलाई क्लबमा फर्काउन चाहेको बताएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।