आइतबार, साउन १७, २०८३

पूर्वराष्ट्रपतिकोमा भोज खाने ८० जना बिरामी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

फिलिपिन्सका पूर्वराष्ट्रपति फेर्डीनान्ड मार्कोसकी श्रीमती इमेल्डा मार्कोसको ९० औँ जन्मोत्सवका अवसरमा आयोजित भोजमा सहभागी ८० जना बिरामी भएका छन्  । 

राजधानी मनिलादेखि नजिकै रहेको पासिग शहरमा भएको भोजमा सहभागी भएका मध्ये केहीलाई पेटसम्बन्धी समस्या र बान्ता भइरहने समस्या भएको अधिकारीहरूले जनाएका छन् । 

प्रारम्भिक अनुसन्धानले भोजमा राखिएको कतिपय खाद्यपदार्थमा विषाक्त चिज रहेकाले उनीहरूको स्वास्थ्यमा समस्या देखिएको पासिग शहरका प्रहरी प्रमुख रिजालिटो गापासले जानकारी दिए ।  

उनले सो जन्मोत्सव भोजमा २५ सय भन्दा बढी सहभागी भएको पनि बताए । बिरामी भएकालाई प्राथमिक उपचार गराइएको बताइएको छ । एजेन्सी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।