बिहीबार, वैशाख ३, २०८३

न्युजिल्यान्डलाई इंग्ल्यान्डको विशाल लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- आइसिसी विश्वकपको समूह चरण अन्तरगतको आफ्नो अन्तिम खेलमा जोन्नी बयरस्टोको शतकको मद्दतले इंग्ल्यान्डले न्युजिल्यान्डलाई जितका लागि ३ सय ६ रनको विशाल लक्ष्य सुम्पेको छ । 

टस जितेर पहिलले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गथुमाउँदै ३ सय ५ रन जोडेको हो । उत्कृष्ट सुरुवात गरेको इंग्ल्यान्डका लागि बेयरस्टोले १०६ रनको शतकीय पारी खेलेका हुन् । उनले ९९ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै शतकीय पारी खेले । 

बेयरस्टोले पहिलो विकेटका लागि अर्का ओपनर जसोन रोयसँग १२३ रनको साझेदारी गरेका थिए । १९ औं ओभरमा रोय ६० रनको अर्धशतमकीय पारी खेल्दै पेभिलियन फर्किए । उनले ६१ ब्लमा ८ चौका प्रहार गर्दै ६० रन जोडे । 

कप्तान इओन मोर्गनले ४२ रन जोडे । उनले ४० बलमा ५ चौका प्रहार गर्दै ४२ रन जोडकाम हुन् । त्यस्तै दोस्रो विकेटको रुपमा जोइ रुट २४ र लियम प्लुङ्केट १६ रनमा पेभिलिएन फर्किए । त्यसपछि जोस बुट्लर र बेन स्टोक्सले ११-११ रन जोडे । एदील राशिद १५ रनमा अविजित रहे । 

न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट, म्याट हेन्री र जेम्स नीशामले दुई दुई विकेट लिए । त्यस्तै मिचेल सान्टनर र टिम साउथीले एक एक विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।