मंगलबार, असार २३, २०८३

प्रतिवेदनपछि अलमुताइरीले भने– म अब बाहिरिएँ,

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूले पद छाड्ने संकेत गरेका छन्।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूले पद छाड्ने संकेत गरेका छन्।

उनी र एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवाद समाधान गर्न गठित समितिले प्रतिवेदन बुझाएपछि उनले फेसबुकमा स्टाटस लेखेका छन्– आइ एम आउट... लेट पोलिटिक्स वर्क। उनले आफूले पद छोड्ने र राजनीतिलाई नै काम गर्न दिने भन्दै असन्तुष्टि पोखेका हुन्। 

प्रतिवेदनमा अलमुताइरीको व्यवहारमाथि प्रश्न उठाउँदै व्यावसायिक आचरण र बानीव्यवहार सुधार्न सुझाव दिइएको छ। साथै उनले फेसबुकमा नेम्वाङबारे लेखेको स्टाटस हटाउन भनिएको छ। 

एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र अलमुताइरीबीच विवाद बढेपछि राखेपले साउन १९ गते पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिले झन्डै ३ साता लगाएर प्रतिवेदन तयार पारेर बुधबार राखेप सदस्य सचिव रमेश सिलवाललाई बुझाएको छ। अलमुताइरीले व्यावहारिक आचरणमा सुधार गर्नुपर्ने, एन्फाले आफ्ना विभागहरुलाई सक्रिय गर्नुपर्ने, आन्तरिक विवादलाई एन्फामै समाधान गर्नुपर्नेलगायत ११ बुँदे निर्देशनात्मक सुझाव प्रतिवेदनमा दिइएको छ।

प्रकाशित: Aug 25, 2021| 18:43 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।