मंगलबार, चैत ३, २०८२

६ सय भ्रष्ट कर्मचारीमाथि योगीको कारबाही

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भ्रष्टाचारविरुद्ध ठूलो कारबाही अभियान चलाएका छन्।

उनले ६ सय भन्दा धेरै कर्मचारीमाथि कारबाही गरेका छन्। जसमध्ये २०० भन्दा धेरै कर्मचारीलाई जबर्जस्ती अवकाश दिएका छन्।

अझै करिब २०० कर्मचारी कारबाहीको नजिक रहेको बताइएको छ।

अधिकारीहरुका अनुसार योगी सरकारले २ सयलाई जबर्जस्ती अवकास दिएको छ भने ४ सय कर्मचारीको बढुवा रोकिदिएको र सरुवा भएको छ।

कारबाहीमा पर्नेमा धेरैजसो प्रशासन तथा प्रहरीतर्फका कर्मचारी रहेका छन्। यी सबैविरुद्धको अन्तिम फैसला भने केन्द्र सरकारले लिने छ। यी अधिकारीहरुको लिष्ट तयार पारेर प्रदेश सरकारले केन्द्र सरकारलाई पठाएको हो।

योगी सरकारका प्रवक्ता श्रीकान्त शर्माले ६०० बढी कर्मचारीलाई कारबाही गरिएको पुष्टी गरका छन्।

तग जुन २० मा भएको सचिवालय प्रशासन बैठकमा मुख्यमन्त्री योगीले बेइमान र भ्रष्ट कर्मचारीलाई उत्तर प्रदेशका ठाउँ नभएको बताएका छन्। यस्ता कर्मचारीले तत्काल स्वेच्छिक अवकाश लिन सुझावसमेत दिएका थिए।

साथै शंकास्पद गतिविधिमा संलग्न र अनियमितताको उजुरी परेका कर्मचारीहरुको सूची तयार पार्नसमेत मुख्यमन्त्री योगीले मातहतका निकायलाई निर्देशन दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।